काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असार १९ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट कुल २६.३१ प्रतिशत (२५% बोनस सेयर र १.३१% नगद) लाभांश घोषणा गरेको छ । उक्त लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीको २८ औं वार्षिक साधरण सभा असार ३१ गते हुँदैछ । कम्पनीको सभा केन्द्रीय कार्यालय, नयाँबानेश्वरमा हुनेछ ।
हाल ४ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि ५ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।