खेतका गह्रामा वास्तविक कृषकदेखि ‘एकछिने’ कृषकसम्म (फोटोफिचर)

काठमाडौं । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् ।

यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा ‘२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ ।

धान दिवसका अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषक, जनप्रतिनिधि, राजनितिक दलका नेता, विद्यार्थी, कलाकार लगायत रोपाइँमा सहभागी छन् ।प्रस्तुत छ धान दिवसको दिनमा रोपाइँमा सहभागीको केही तस्वीरहरू :

दाङको लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक महिला ।

२० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा घोराही १७ डवरीस्थित गुठी खेतमा धान रोप्दै जनप्रतिनिधि तथा कर्मचारी ।

धान दिवसको दिनमा चितवनमा रोपाइँ गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकालेका अध्यक्ष खड्गप्रसाद ओली ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी ।
नुवाकोटको विदुर नगरपालिका–४ विदुरका किसान धान रोपाइँको तयारीको लागि ट्रयाक्टरले खेत जोत्दै ।

धान दिवसको अवसरमा रोपाइँमा सहभागी हुँदै रास्वपाकी सांसद सोविता गौतम लगायत ।

२० औँ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुरमा आयोजित रोपाइँ कार्यक्रममा मेसिनबाट धान रोप्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।

शुक्रबार सुनसरीको इनरुवामा धान रोपेपछि नाचगान गर्दै स्थनाीय ।

तस्वीर : रासस/सामाजिक संजाल

 

दही-चिउरा र भक्तपुरको जुजु धौ Read Previous

दही-चिउरा र भक्तपुरको जुजु धौ

महँगी र विदेशी ऋणले आक्रान्त पाकिस्तानलाई राहत, आइएमएफले ३ अर्ब डलर दिने Read Next

महँगी र विदेशी ऋणले आक्रान्त पाकिस्तानलाई राहत, आइएमएफले ३ अर्ब डलर दिने