पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।

हालसम्म प्रतिउडान रु ८ हजार ५०० शुल्क तिर्दै आएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्चसमाहित गरिएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताए ।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको रु ६ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए। उनले भने, ‘पहिला रु ३ हजार ९०० पाउँथे ।’

नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए। सबै कम्पनीमा गरी ३७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल २५० पाइलट सेवामा रहेको उनले बताए ।

अब उपत्यकामा सडक जत्तिकै फराकिला पुल बन्ने, यी ठाउँमा निर्माण हुँदै Read Previous

अब उपत्यकामा सडक जत्तिकै फराकिला पुल बन्ने, यी ठाउँमा निर्माण हुँदै

एक महिनामै झन्डै डेढ लाखले बनाए पासपोर्ट, ६३ प्रतिशत नयाँ Read Next

एक महिनामै झन्डै डेढ लाखले बनाए पासपोर्ट, ६३ प्रतिशत नयाँ