फेस भ्यालु प्रतिकित्ता १० रुपैयाँ भएको कम्पनीको सेयर मूल्य १ लाख !

काठमाडौं । १० रुपैयाँ अंकित मूल्य (फेस भ्यालू) भएको कम्पनीको सेयर मूल्य कतिसम्म पुग्ला ? नेपाली सेयर बजारमा हेर्ने हो भने अधिकतम ५०० रुपैयाँसम्म । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको अंकित मूल्य १०० रुपैयाँ भए पनि सोल्टी होटलको फेस भ्यालू १० रुपैयाँ छ । १० रुपैयाँ अंकित यसकाे सेयर मूल्य आज (१ बजेसम्म) प्रतिकित्ता ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, छिमेकी देश भारतको सेयर बजारमा सूचीकृत १० रुपैयाँ एउटा कम्पनीको सेयर मूल्य झन्डै १ लाख रुपैयाँ पुग्दै रेकर्ड बनाएको छ ।

मद्रास रबर फ्याक्ट्री (एमआरएफ)को सेयर मूल्य बुधबार प्रतिकित्ता ९९ हजार ९१८ भारु रहेको छ । जबकि यसको फेस भ्यालू १० भारु मात्र छ ।

भारतीय बजार बजारमा सूचीकृत कम्पनीमध्ये निकै आकर्षक वित्तीय अवस्था भएको र सेयर संख्या समेत तुलनात्मक रुपमा कम भएकले यसको सेयर मूल्यले नयाँ उचाइ लिएको हो ।

पछिल्लो ३ महिनामा मात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार रुपैयाँ बढेको छ । सन् १९४६ मा स्थापना भएको कम्पनीको भारतीय सेयर बजारमा जम्मा ४ करोड २४ लाख कित्ता सेयर सूचीकृत छ ।

सन् २०२३ को मार्चसम्म कम्पनीले कुल आम्दानी २ खर्ब २५ अर्ब बढी भारु रहेको छ । सो अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड भारु रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १९२५.०७ भारु रहेको छ । कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ ।

कृषको हितमा पोखरा महानगर, उत्पादनका आधारमा ७० प्रतिशत अनुदान दिने Read Previous

कृषको हितमा पोखरा महानगर, उत्पादनका आधारमा ७० प्रतिशत अनुदान दिने

हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्न अब ६ किमी मात्र ट्र्याक खोल्न बाँकी Read Next

हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्न अब ६ किमी मात्र ट्र्याक खोल्न बाँकी