काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनी संचालक समितिको असार १० गते बसेको बैठकले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेका हुन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २६ करोड ४० लाख रुपैयाँ बराबरको २६ लाख ४० कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५२ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद निष्काशन प्रक्रिया कम्पनीको साधरण सभाबाट पारित, विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि अघि बढ्ने छ ।