पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा गरिएको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले रु १ करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दावीसहित डा ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वि.सं. २०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सदस्य सचिवका रूपमा डा ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो ।

मकै फल्ने बारीमा लाखौं खर्चेर ओखर खेती Read Previous

मकै फल्ने बारीमा लाखौं खर्चेर ओखर खेती

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री  Read Next

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री