नागरिक लगानी कोषले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

मन्त्रीपरिषद्को बैठकले कम्पनीले घोषणा गरेको लाभांश वितरण गर्न अनुमति दिएसँगै कोषले साधरण सभा डाकेको हो ।

कम्पनीले असार ३१ गते २८ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा केन्द्रीय कार्यालय, नयाँबानेश्वरमा हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २६.३१ प्रतिशत (२५% बोनस सेयर र १.३१% नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश कम्पनीको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असार १९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असार १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

हाल ४ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि ५ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।

 

चैते धानले पायो दोब्बर मूल्य, धान किन्न व्यापारी खेतखेतमै Read Previous

चैते धानले पायो दोब्बर मूल्य, धान किन्न व्यापारी खेतखेतमै

पहिरोको उच्च जोखिममा नारायणगढ-मुग्लिन सडकको मौरीखोला खण्ड Read Next

पहिरोको उच्च जोखिममा नारायणगढ-मुग्लिन सडकको मौरीखोला खण्ड