हिमाल दोलखाको हकप्रद भर्ने म्याद थप, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।

कम्पनीले जेठ २२ गतेदेखि बिक्रीमा ल्याएको ७५ प्रतिशत अर्थात् १:०.७५ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने समय असार २५ गतेसम्म थप भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका र मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि वैशाख २७ गते बुकक्लोज गरेको थियो । सो अनुसार वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी बीप्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ खुल्यो

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै  Read Next

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै