नेप्सेमा कामना सेवा र विजय लघुवित्त बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार विजय लघुवित्त वित्तीय संस्था र कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा विजय लघुवित्तको २० प्रतिशत अर्थात् ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, कामना सेवाको ४.४१ प्रतिशत अर्थात् १३ लाख ८५ हजार ८७६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

८ वर्षपछि सम्पन्न हुँदै उपत्यका विस्तारका ८ सडक, कतैकतै थोरै काम बाँकी Read Previous

८ वर्षपछि सम्पन्न हुँदै उपत्यका विस्तारका ८ सडक, कतैकतै थोरै काम बाँकी

१०० रुपैयाँ बढीको सामान ल्याउन कडाइपछि भन्सारमा प्रज्ञापनपत्र भर्ने बढे Read Next

१०० रुपैयाँ बढीको सामान ल्याउन कडाइपछि भन्सारमा प्रज्ञापनपत्र भर्ने बढे