काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश प्रयोजनका लागि भोलि (असार ७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत (४.७५ बोनस सेयर र ०.२५ नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ ।
कम्पनीले असार १५ गते आठौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीले सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बोलाएको हो ।