काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार करिब ३ अंकले घटेको नेप्से आज दोहोरो अंकले घटेको हो ।
।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोडले घटेर ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा आइपुगेको छ । यसदिन २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स उपसमूहको परिसूचक ३.७० प्रतिशतले घटेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १९ करोड र हिमालयन डिस्ट्रीलरी १३ १७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटी होटल, बीपीडब्ल्यू लघुवित्त र इङवा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।