नेप्सेमा झिनो करेक्शन, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । ९ दिनमा लगातार १९२ अंकले बढेको नेप्सेमा आज झिनो अंकको करेक्शन आएको हो ।

सूचकमा करेक्शन आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज ४ अर्ब ७४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा आइपुगेको छ । यसदिन २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ घने ८ को घटेको छ । फाइनान्स उपसमूहको परिसूचक ५.२२ प्रतिशतले बढेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १८ करोड र सोल्टी होटल साढे १७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा पनि आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, लक्ष्मी इक्विीटी फण्ड, माउन्टेन इनर्जी, बीपीडब्ल्यू लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपालमा पहिलो पटक 'आइस स्केटिङ' खेल सुरू, ४० मिनेट खेलेको ८०० रुपैयाँ Read Previous

नेपालमा पहिलो पटक 'आइस स्केटिङ' खेल सुरू, ४० मिनेट खेलेको ८०० रुपैयाँ

डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको तयारी Read Next

डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको तयारी