असार १० गतेदेखि आइपीओ बिक्री गर्दै अप्पर स्याङ्गे हाइड्रोपावर

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि प्राथमिक साधरण सेयर (आपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार १३ गतेसम्म आवेदन दिन पाइने छ । यदि सो अवधिमा सबै सेयर बिक्री नभएमा मात्र ढिलोमा असार २४ गतेसम्म आवेदन लिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयर मार्फत अनलाइन् आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँद छ ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ? Read Previous

आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो, प्रतिकित्ता मूल्य कति ?

मध्यपहाडी लोकमार्गका दुई सहरलाई नमूनाका रूपमा विकास गरिने Read Next

मध्यपहाडी लोकमार्गका दुई सहरलाई नमूनाका रूपमा विकास गरिने