थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि आइपीओ बिक्री गर्दै

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ करोड १३ लाख १६२ हजार रुपैयाँ बराबरको ६ लाख १३ हजार १६२ कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा असार ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।

यस वर्ष बाढीपहिरोबाट साढे १२ लाख मानिस प्रभावित हुन सक्ने Read Previous

यस वर्ष बाढीपहिरोबाट साढे १२ लाख मानिस प्रभावित हुन सक्ने

लुःनिभा सहकारीको बद्मासी, ऋण चुक्ता गरिसकेपछि पनि ऋणीको बैंक खाता रोक्का Read Next

लुःनिभा सहकारीको बद्मासी, ऋण चुक्ता गरिसकेपछि पनि ऋणीको बैंक खाता रोक्का