काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत मंगलबारदेखि लगातार उकालो लागेको नेप्सेले आज उच्च अंकको छलाङ मारेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । गत साता औसतमा दैनिक २ अर्ब हाराहारीम कारोबार हुँदै आएकोमा आज ३ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ ।
आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.७२ प्रतिशतले बढेको छ ।
आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट र आइजीआई प्रडेन्सिियल इन्स्योरेन्स समान १०/१० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । भूगोल इनर्जी र सिटी होटलका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, मकर जितुमाया सुरी हाइड्रोपावर र हिमालयन ऊर्जाको सेयर मूल्य ८ प्रतिशभन्दा धेरैले बढेको छ ।