नागरिक स्टक डिलरले सुरू गर्‍यो ब्रोकर सेवा

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले धितोपत्र दलाल (ब्रोकर) सेवा सुरु गरेको छ । कम्पनीले शुक्रबार (जेठ २५)गतेदेखि नागरिक लगानी कोषको पुरानो भवन नयाँ बानेश्वरबार ब्रोकर सेवा सुरु गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलरलाई सदस्यता नं. ६० प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत वैशाख १७ गते ब्रोकर सेवा संचालन गर्न अनुमति दिएको थियो ।

२०७७ माघ ९ गते बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को लाइसेन्स पाएको कम्पनीले सोही महिनाको २९ गतेदेखि D01 संकेत चिह्नमा सेयर किनबेच गर्दै आएको थियो ।

सरकारको वित्तीय क्षेत्र विकास रणनीति अनुसार नेपालमै पहिलोपटक सरकारी स्वामित्वको संगठित संस्थाहरुको संयुत्तः लगानीमा स्थापित स्टक डिलरले ब्रोर सेवा संचालनबाट पूँजीबजारको विकास, विस्तार विविधीकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।

निकट भविष्यमै कम्पनीले डीपी सेवा, मार्जिन लेन्डिङ लगायत सेवा प्रदान गर्ने योजना रहेको बताएको छ ।

साथै, पूँजीबजार सम्बन्धी सेवाहरू सबैको पहुँचमा पुर्याउने आफ्नो प्रतिबद्धताअनुरुप कम्पनीले भविष्यमा देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी Read Previous

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी

नवलपरासीमा उद्योग खोल्न चितवन धाउनुपर्ने बाध्यता Read Next

नवलपरासीमा उद्योग खोल्न चितवन धाउनुपर्ने बाध्यता