युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको फरदर पब्लिक अफरिङ (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३७ हजार ९४२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये ५ जनाले थप १/१ कित्ता सेयर हात पारेका छन् । १३ लाख १७ हजार ७४५ जनाको हात रित्तो भएको छ ।

कम्पनीले वैशाख जेठ ११ गतेदेखि १६ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मुक्तिनाथ आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

भरतपुरमा साइलेज उद्योग सञ्चालनमा, प्रतिकिलो ११.५० रुपैयाँमा बेच्ने Read Previous

भरतपुरमा साइलेज उद्योग सञ्चालनमा, प्रतिकिलो ११.५० रुपैयाँमा बेच्ने

पाँचथरबाट भारत जाने नाका खोल्न सिक्किमको चासो Read Next

पाँचथरबाट भारत जाने नाका खोल्न सिक्किमको चासो