सेयर बजारमा आयो एकाएक उछाल, सूचक दोहोरो अंकले बढ्दा ५५ करोडको कारोबार

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारमा आज एकाएक उछाल आएको छ । आज बजार सूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम झन्डै दोब्बरले बढेको छ ।

 

दशैं पछिका दिनहरुमा औसतमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा आज करिब ५५ करोडको कारोबार भएको छ ।

 

कारोबार रकमा बढाउन एनएमबी बैंकले साथ दिएको छ । गतवर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबीको मात्रै कूल कारोबार रकमको २५ प्रतिशत रकम बराबर कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १३.७७ अंकले बढेर११४५.५७ विन्दुमा पुगेको छ । आज १७५कम्पनीको ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँको कारोबार भएको छ । १९ लाख ९५ हजार ४८ कित्ता सेयर किन बेच भएका छन् ।

 

कारोबार भएका ११ वटा समूहमध्येमा अन्य समूह बाहेका बाँकी सबै १० समूहकै सूचक उकालो लागेका छन् ।आज अन्य समूहको सूचक ०.६ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ७९.०२ अंकले बढेको छ ।बैकिङ्ग समूह पनि १२.३१ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँको कारोबार भएको छ ।


कारोबारकै आधारमा प्रभु बैंक र माछापुच्छे बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।प्रभुको ७ करोड ३३ लाख र माछापुच्छेको ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज चार वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालय डिस्टिलरी, सबैको लघुवित्त, रिडि हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । एनआइबीएल समृद्धि फन्ड–१को सेयर मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घटेको छ ।

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित Read Previous

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेपाल घुम्न १० महिनामा १० लाख पर्यटक आए Read Next

नेपाल घुम्न १० महिनामा १० लाख पर्यटक आए