नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा आरएमडीसी लघुवित्तको २६ प्रतिशत अर्थात् ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, हिमालयन एभरेष्टको २.७५ प्रतिशत अर्थात् ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नेपालमै वार्षिक ३ करोड घनफिट काठ उत्पादन गर्न सम्भव छ ? Read Previous

नेपालमै वार्षिक ३ करोड घनफिट काठ उत्पादन गर्न सम्भव छ ?

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विशेषता Read Next

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, यस्ता छन् विशेषता