समिट लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (जेठ २२ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत गरी कुल १४.२७ लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न लघुवित्तले असार ३ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलाञ्चोकमा हुनेछ ।

आर्थिक वृद्धि धीमा भइरहेको चीनलाई उछिन्दै भारत के शक्तिशाली बन्न सक्ला ? Read Previous

आर्थिक वृद्धि धीमा भइरहेको चीनलाई उछिन्दै भारत के शक्तिशाली बन्न सक्ला ?

२५ मेगावाटको सेती जलविद्युत् आयोजना अन्तिम चरणमा Read Next

२५ मेगावाटको सेती जलविद्युत् आयोजना अन्तिम चरणमा