मर्जरपछि बनेको ‘आइजीआइ प्रुडेन्सियल’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा साविकको आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स’को सेयर सूचीकृत भएको हो ।

साविकको आइएमई र प्रुडेन्सियल मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा आइजीआइ प्रुडेन्सियलको नाममा २ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ३७०.८२ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले IGI संकेत चिह्न दिएको छ ।

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : अध्यक्ष ढकालको अन्तर्वार्ता  Read Previous

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : अध्यक्ष ढकालको अन्तर्वार्ता 

नाग्म-गमगढी सडक कालोपत्र नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती  Read Next

नाग्म-गमगढी सडक कालोपत्र नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती