युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको फरदर पब्लिक अफरिङ (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन थप सेयर निष्काशन गरेको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडाघोडी लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ हिस्सा छ ।

राष्ट्र बैंकको नियम अनुसार लघुवित्तमा कम्तीमा ३० प्रतिशत साधरण सेयर हिस्सा हुनुपर्छ । सोही सेयर हिस्सा मिलाउन लघुवित्तले एफपीओ निष्काशन गरेको हो । एफपीओपछि संस्थापकको ७० र सर्वसाधरणको हिस्सा ३० प्रतिशत कायम हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन Read Previous

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

प्रधानमन्त्रीकाे भारत भ्रमण : विद्युत् व्यापार, प्रसारण लाइन र पाइपलाइन विस्तार मुख्य एजेन्डा Read Next

प्रधानमन्त्रीकाे भारत भ्रमण : विद्युत् व्यापार, प्रसारण लाइन र पाइपलाइन विस्तार मुख्य एजेन्डा