नेप्सेमा दोहोरो अंकको करेक्शन, शिवम् सिमेन्टमा उच्च आकर्षण

काठमाडौं । सेयर बजार करेक्शन आएको छ । जेठ २ गतेदेखि लगातार उकालो लागेको नेप्सेमा १२३ अंकको बढोत्तरीपछि करेक्शन आएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज २ अर्ब ६३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा आइपुगेको छ । यसदिन २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक र सामूहिक लगानी कोषबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै २.७७ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यसको झन्डै २२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै Read Previous

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

७५६ मेगावाटकाे तमोर जलविद्युतकाे ढिलाइ बारे चिनियाँ कम्पनीलाई पत्राचार गरिँदै Read Next

७५६ मेगावाटकाे तमोर जलविद्युतकाे ढिलाइ बारे चिनियाँ कम्पनीलाई पत्राचार गरिँदै