काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यससाता थप ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यससाता ५ लघुवित्त, एक/एक हाइड्रोपार, विकास बैंक र इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
यी सबै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, सोमबार नेरुडे लघुवित्त वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक र बुधबार छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकत भएको हो ।
नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत (१३ लाख २६ हजार ६२६.१४ कित्ता), लक्ष्मी लघुवित्तको १५ प्रतिशत (१५ लाख ७६ हजार ८१ कित्ता), इन्फिनिटी लघुवित्तको २० प्रतिशत (८ लाख २९ हजार २६.५६ कित्ता) र सबैको लघुवित्तको १८ प्रतिशत (४ लाख ८६ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, नेरुडे लघुवित्तको २२ प्रतिशत (१३ लाख २० हजार कित्ता), सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत (२५ लाख ६९ हजार २२०.५४७ कित्ता), छिमेक लघुवित्तको २२ प्रतिशत (५१ लाख १३ हजार २० कित्ता) र युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत (८ लाख ५ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।