काठमाडौं । विगतका वर्षझैंमा झैं यस वर्ष पनि खेती गर्ने सिजनमा रसायनिक मल अभाव हुने भएको छ । सरकारले समयमै किसानको माग अनुसार मल उपलब्ध नगराउँदा खेती गर्ने सिजनमा अभाव हुने भएको हो ।
जेठ अन्तिम सातादेखि देशभर धान रोपाइँ सुरू हुन्छ । तर, कृषकले अहिलेसम्म आवश्यक मल पाउन नसक्दा उनीझैं चिन्तित भएका छन् ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङमा मल अभाव भएको भन्दै संसदमै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले रसायनिक मल समयमै उपलब्ध गराउने बताए पनि अहिलेसम्म दाङमा किसाने मल पाउन नसकेको बताए ।
उनले सरकारले २ लाख टन मल आयात गरे पनि किसानको पहुँचसम्म पुग्न नसकेको बताए । बर्खा लाग्नै लाग्दा उत्पादनका लागि आवश्यक पर्ने मल अभाव भएको हो ।
‘कृषिप्रधान देश भनेर जति गर्व गरे पनि किसानले कहिल्यै समयमा मल आएका छैनन्, यसरी कसरी आत्मनिर्भर हुन सकिन्छ,’ गिरीले भने ‘दाङमा अब खेती गर्ने बेला आयो, मल हाल्ने बेला हुन लाग्यो २/३ हजार टन मलले ६८ हजार टन मल चाहिने ठाउँमा कसरी पुर्याउने ?’
अहिले मधेश, लुम्बिनी र कर्णाली प्रदेशका दाङ, बारा, कैलाली लगायत जिल्लाझैंमा मल अभाव भएको किसानझैंले बताएका छन् । उनीझैं यति बेला खेतमा व्यस्त हुनुपर्नेमा मलका लागि भौंतारिरहेका छन् ।
सरकारले समयमै रसायनिक मल उपलब्ध गराउने भन्दै गत वर्ष भारतसँग जीटूजी सम्झौता गरे पनि माग अनुसार मल आयात हुन नसक्दा अहिले अभाव देखिएको हो ।
देशभर वार्षिक कुल ५ लाख २० हजार मेट्रिकटन रसायनिक मल आवश्यक पर्छ । चालु आवमा हालसम्म २ लाख ७७ हजार मेट्रिकटन मात्र मल आयात भएको कृषि विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । उनका अनुसार सो मध्ये ५० लाख टन मल अझै वितरण हुने क्रममा रहेको छ ।
सरकारले ४ लाख ७८ हजार टन मल आयातका लागि ठेक्का लगाएको थियो । सो मध्ये २ लाख ७७ हजार टन मल प्राप्त भइसकेको उनले बताए । बाँकी १ लाख २३ हजार टन मल असार मसान्तसम्म ल्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
यो असारमा बालीका लागि करिब डेढ लाख टन मल आवश्यक पर्ने उनले बताए । उक्त आवश्यकता पूर्तिको लागि मल ल्याउनुपर्ने भएको हो । ‘केही मल भन्सारमा प्याकेजिङको क्रममा छ, भन्सारको प्रकृयाकै क्रमा ढिला हुने गर्छ, यो बर्खामा आवश्यक पर्ने जति मल असार मसान्तसम्ममा आउँछ,’ सञ्जेलले चाणक्य पोष्टसँग भने ।
चालु आर्थिक वर्षमा मल आयातका क्रममा २१ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा मल आयातका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । मल आयातमा बजेट अभाव हुने भएपछि ७ अर्ब ५० करोड थप बजेट माग गरिएको थियो । उनका अनुसार मन्त्रालयले २ लाख ६ हजार मेट्रिकटन मल आयातको क्रममा रहेको छ ।
देशभर कुल ५ लाख २० हजार मेट्रिकटन रसायनिक मल आवश्यक पर्छ ।नेपालको माग अनुसार मल ल्याउन ४४ अर्ब हाराहारी बजेट आवश्यक पर्ने गर्छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५२ अर्ब ६५ करोड रूपैयाँको बजेट सिलिङ पाएको मन्त्रालयले जनाएको छ । सो मध्ये ३० अर्ब रुपैयाँ मलका लागि छुट्याउने मन्त्रालयले जनाएको छ ।