नेप्सेमा लगातार सातौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजार लगातार सातौं दिन बढेको छ । गत मंगलबारदेखि लगातार बढिरहेको नेप्से आज पनि सोही लय कायम राखेको हो ।

सूचकमा बढोत्तरी आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले घटेर १ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ ।

मंगलबार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ । यसदिन २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.६९ प्रतिशतले बढेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्यारेन्स पौने ८ करोड र हिमालयन डिस्ट्रीलरी पौने ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरा अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, शिवम् सिमेन्ट, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बन्दीपुर केबलकारको परीक्षण सुरू, नियमित संचालन कहिलेदेखि ? Read Previous

बन्दीपुर केबलकारको परीक्षण सुरू, नियमित संचालन कहिलेदेखि ?

११० मेगावाटको नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा Read Next

११० मेगावाटको नीलगिरि जलविद्युत आयोजना अन्तिम चरणमा