नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार नेरुडे लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।

नेप्सेमा नेरुडे लघुवित्तको २२ प्रतिशत अर्थात् १३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत अर्थात् २५ लाख ६९ हजार २२०.५४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाही Read Previous

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाही

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण Read Next

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण