नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पाँचौ दिन वृद्धि भएको छ । गत मंगलबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो ।

सूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोडले घटेर १ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ र व्यापार बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल ६ करोड र ओरेन्टल होटलको ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

यसैगरी, युनिलिभर नेपाल ७.०१, गुडविल फाइनान्स ६.२३, सामुदायिक लघुवित्त ५.३६, मायाखेला हाइड्रोपावर र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

चालु वर्षमा पनि २५ अर्ब हाराहारीकै बजेट ल्याउने महानगरको तयारी Read Previous

चालु वर्षमा पनि २५ अर्ब हाराहारीकै बजेट ल्याउने महानगरको तयारी

अरुण तेस्रोकाे प्रसारण लाइनले ७ जिल्ला छुने, ५९७ टावर निर्माण हुने Read Next

अरुण तेस्रोकाे प्रसारण लाइनले ७ जिल्ला छुने, ५९७ टावर निर्माण हुने