काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को सेयर सूचीकृत भएको छ ।
आइतबार नेप्सेमा साविकको सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको नयाँ कम्पनी ‘सलिको’को सेयर सूचीकृत भएको हो ।
साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज हुँदा कायम भएको १ः०.८० सेयर अनुपातका आधारमा सलिको इन्स्योरेन्सको नाममा २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर सूचीकृत भएको छ ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ५९९.१२ रुपैयाँ ओपन रेन्ज तोकेको छ । अब यही मूल्यका आधारमा आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सको सेयर कारोबारका लागि नेप्सले SALICO संकेत चिह्न दिएको छ ।