काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
कम्पनी संचालक समितिको वैशाख २१ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मेगावाट) र ५१ प्रतिशत स्वामित्व रहेको सिंकोस खोला जलविद्युत आयोजना (३.४५ मेगावाट) निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको प्रस्तावित हकप्रद सेयर विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्डको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।
हाल २५ करोड भुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५० करोड रुपैयाँ पुग्नेछ ।