मकर जितुमाया हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ मूल्य कति ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बिहीवार कम्पनीको ७६ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि न्युनतम ९२.७१ रुपैयाँदेखि अधिकतम २७८ रुपैयाँसम्मको ओपनिरङ मूल्य पाएको छ । कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

मकर जितुमाया सुरी हाइड्रोपावरले ७ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई, ५३ लाख २० हजार कित्ता कम्पनीका संस्थापकहरु,

सर्वसाधारण, कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि १५ लाख २० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

खराब मौसमका कारण हवाई उडान प्रभावित Read Previous

खराब मौसमका कारण हवाई उडान प्रभावित

२० वर्षअघि घोषणा गरेको बाहिरी चक्रपथ आयोजना अझै सुरु भएन Read Next

२० वर्षअघि घोषणा गरेको बाहिरी चक्रपथ आयोजना अझै सुरु भएन