अर्थमन्त्री समक्ष सेयर लगानीकर्ताको ६ बुँदे माग

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत समक्ष सेयर लगानीकर्ताहरुले ६ बुँदे माग पेश गरेका छन् । लगानीकर्ताका संगठनहरुले सोमबार मन्त्रीलाई भेटेर पूँजी बजारको विकासका लागि विभिन्न माग राखेका हुन ।

नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया छिटो अघि बढाउन, १२ करोडसम्मको सेयर कर्जाको सीमा फिर्ता लिन, शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन् ।

लगानीकर्ताको रूपमा विभाजन गरी सोही अनुसार अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न, ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न, तरलता समस्या समाधान गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आफ्ना मागहरु सबोधन भए पूँजी बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुने, विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा स्थापना गर्न सकिने बताए ।

हाल नेपालको पूँजी बजारमा ५६ लाख ५० हजार हितग्राही खाता रहेको, १६ लाखभन्दा बढी लगानीकर्ताले अनलाइन प्रयोग गरेका छन् । विगतमा ४४ खर्बको बजार पूँजीकरण हाल २७ खर्ब ५० अर्बमा झरेकोमा मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

श्रममन्त्रीलाई प्रश्न, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनको योजना के छ ? Read Previous

श्रममन्त्रीलाई प्रश्न, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनको योजना के छ ?

८ वर्षमा पनि बनेन् जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक Read Next

८ वर्षमा पनि बनेन् जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक