नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन अध्ययन समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि अध्ययन समिति बनाएको छ । आवेदन दिएका मध्ये नयाँ स्टक एक्सचेन्ज कम्पनी छान्न आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले पाँच सदस्यीय समिति गठन गरेको हो।

उक्त समितिको संयोजकमा बोर्डको सञ्चालक समिति सदस्य तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम छन्। यसैगरी, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी समितिमा छन् ।

समितिले एक महिनाभित्र कम्पनीको टूंगो लगाउनेछ । बोर्डमा स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए । आवेदन दिएका तीन मध्ये स्टक एक्सचेन्जका लागि एक कम्पनीको छनोट हुनेछ ।

बस्तु बजार (कमोडिटी एक्सचेन्ज)मा मल्टि डेरिभेटिभ्स एक्सचेन्ज, मल्टि एसेस्ट्स एण्ड डेरिभेटिभ उक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स एक्सचेन्ज र नेपाल मल्टि कमोडिटि एक्सचेन्जले आवेदन दिएका छन् । चार वटाको आवेदन मध्ये दुई वटा कमोडिडि एक्सचेन्जले अनुमति पाउनेछन्।

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउछौँ : प्रधानमन्त्री Read Previous

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउछौँ : प्रधानमन्त्री

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित Read Next

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित