काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी ४ जनाले थप १/१ कित्ता सेयर पाएका छन् ।
कम्पनीको आइपीओमा कुल ११ लाख ७८ हजार ७३९ जनाले आवेदन दिएका थिए । तीमध्ये ६५ हजार ६४६ आवेदन रद्द भएको एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ।
कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।