काठमाडौं । रिडी पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन स्वीकृति पाएको छ ।
विद्युत् नियमन आयोगले कम्पनीलाई १:०.५ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।
हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।
आयोगबाट स्वीकृति पाएसँगै अब कम्पनीले साधरण सभाबाट उक्त प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डबट अनुमति पाएपछि हकप्रद निष्काशन गर्न पाउने छ ।