ब्याजदर घटेपछि नेप्सेमा उछाल, यी कम्पनीमा उच्च आकर्षण

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको ।

बुधबार दिउँसो साढे १२ बजेसम्म नेप्से परिसूचक ५६ अंकले बढेर १९२७ विन्दुमा पुगेको छ । निक्षेपको ब्इाजदर घटेसँगै वैशाखदेखि कर्जाको ब्याजदर समेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बढ्दा नेप्सेले छलाङ मारेको हो । यद्यपि, यो कति टिकाउ हुन्छ भन्ने हेर्न बाँकी छ ।

बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९।९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

संघका अनुसार अब वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ७।९९ प्रतिशत कायम हुनेछ । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११।११ प्रतिशत र संस्थागत मुद्दतीमा ९.११ प्रतिशत थियो ।

यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने सहमति भएको संघले जनाएको छ । अब बैंकहरुले वैशाखमा माघदेखि घटेको निक्षेपको ब्याजदरका आधारमा बेसरेट पनि घट्ने र सोही आधारमा कर्जाको ब्याजदर घटाउने छन् ।

नेप्सेमा उछाल आएसँगै कारोबार समेत बढेको छ । डेढ घण्टामै ७५ करोड बढीको कारोबार भइसकेको छ । जबकी यसअघि दैनिक औसतमा १ अर्ब हाराहारीमा कारोबार हुँदै आएको छ ।

बढ्दो बजारमा लगानीकर्ता शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रीलरी, एनआइसी एशिया, अपि पावर, हिमाल दोलखा, नबिल बैंक, रिडी पावर लगायत कम्पनीको सेयरमा आकर्षित भएका छन् ।

च्याट जीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी Read Previous

च्याट जीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा, २०० होटलले गरेनन् नवीकरण Read Next

नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा, २०० होटलले गरेनन् नवीकरण