काठमाडौं । सेयर बजारमा लगातार सुधार आएको छ । सोमबार ५ अंकले बढेको नेप्से आज दोहोरो अंकले बढेको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी हुन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोडले बढेर ९४ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३.२८ प्रतिशतले बढेको छ ।
आज पनि शिवम सिमेन्ट सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड र प्रभु बैंकको ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिञ्चोक दर्शनको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
त्यस्तै। श्रृजनशील लघुवित्त, युनिक नेपाल लघुवित्त र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।