नेप्सेमा सानिमा मिडिल तमोरको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

आइतबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि TAMOR संकेत चिह्न प्रदान गरेको छ ।

जहाँ एटीएमबाट २ घण्टामै १ अर्ब ८४ कराेड चोरियो Read Previous

जहाँ एटीएमबाट २ घण्टामै १ अर्ब ८४ कराेड चोरियो

लक्ष्मी केयर्सको 'अरेन्ज भाइब्स'मा उत्साहजनक सहभागिता Read Next

लक्ष्मी केयर्सको 'अरेन्ज भाइब्स'मा उत्साहजनक सहभागिता