काठमाडौं । सामुदायिक लघुवित्त लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितको चैत २५ गते बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।
संशोधित लाभांश अनुसार अब सेयरधनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पाउने छन् ।
यसअघि लघुवित्त संचालक समितिको फागुन ९ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।