दोल्ती पावरले चैत २८ गतेदेखि आइपीओ विक्री गर्दै

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ७१ लाख ८६ हजार १०० रुपैयाँ बराबरको १२ लाख ७१ हजार ८६१ कित्ता विक्रीमा ल्याउने भएको हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपीओमा वैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख १२ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ।

इङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

इङवा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको आग्रह Read Next

अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको आग्रह