नयाँ सारथी लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले भोलि (चैत १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट १९ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेका छ ।

उक्त लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न चैत २८ गते १४ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल जुगर, मिरावल चोक, धुलिखेलमा हुनेछ ।

सेवा प्रवाहमा डिजिटल प्रविधि : संरचना भए, सुधार भएन Read Previous

सेवा प्रवाहमा डिजिटल प्रविधि : संरचना भए, सुधार भएन

पश्मिनाको गुणस्तर बढाउन नेपालमै पहिलोपटक च्याङ्ग्राको भुवा परीक्षण गरिँदै Read Next

पश्मिनाको गुणस्तर बढाउन नेपालमै पहिलोपटक च्याङ्ग्राको भुवा परीक्षण गरिँदै