काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट घोषणा गरेको लाभांश फेरि संशोधन गरेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितको चैत १२ गते बसेको बैठकले यसअघि संशोधन गरेको लाभांश फेरि संशोधन गरेको हो ।
नयाँ प्रस्ताव अनुसार अब लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । लघुवित्तको यो लाभांश यसअघि घोषणा गरिएकोभन्दा आधाभन्दा कम हो ।
यसअघि लघुवित्त संचालक समितिको माघ ९ गते बसेको बैठकले सेयरधनीलाई ३८.५ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको थियो । फागुन १८ गते बसेको बैठकले त्यसलाई संशोधन गर्दै ३४.४५ प्रतिशत बोनस सेयर लाभांश निर्णय गरेको थियो ।
नेशनल समिट लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले बोनस सेयरमा लाग्ने कर छुट पाउने भएकाले सो प्रयोजनका लागि रकम छुट्याएको छैन ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।