काठमाडौं । सिटी होटल लिमिटेडले चैत २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आइपीओमा वैशाख ५ गतेसम्म आवेदन दिन पाउने छन् ।
त्यसैगरी कम्पनीले ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता होटलका कर्मचारीहरुका लागि छुट्याइएको छ।
त्यस्तै, कम्पनीले वैशाख २५ गतेदेखि सर्वसाधरणका लागि १३ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १३ लाख ५५ हजार ९४० कित्ता सेयर विक्री गर्ने भएको छ ।
सर्वसाधरणले वैशाख २५ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका र सर्वसाधरण दुवैले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा स्वीकृत बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।