नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा शिखर इन्स्योरेन्स र नेपाल एसबीआई बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

शिखरले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १६ प्रतिशत अर्थात् ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर सूचीकृत गरेको हो ।

त्यसैगरी, नेपाल एसबीआई बैंकको ३ प्रशित अर्थात् २९ लाख ४७ लाख ७५५.९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै सक्न ताकेता, फिल्डमै पुगे कुलमान Read Previous

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै सक्न ताकेता, फिल्डमै पुगे कुलमान

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण, लापरबाही गर्नेलाई धमाधम कारबाही Read Next

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण, लापरबाही गर्नेलाई धमाधम कारबाही