काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा यससाता थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
यससाता नेप्सेमा सिद्धार्थ बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र बिन्ध्यावासिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो । चारै कम्पनीको गत गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण भएको बोनस सेयर सूचीकृत भएको हो ।
सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट वितरण गरेको १२.५० प्रतिशत अर्थात् १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, साइन रेसुंगाले गत वर्षको नाफाबाट वितरण गरेको १३.३० प्रतिशत अर्थात् ५० लाख २८ हजार ७४१.९९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस बापतको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
त्यस्तै, बिन्ध्याबासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा सूचीकृत चारै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।