मेरो माइक्रोफाइनान्सको सेयर २०० रुपैयाँमै किन्ने अवसर !

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।

लघुवित्तको विद्यमान सेयरधनी एनआइसी एशिया बैंकको नाममा रहेको २३ हजार १४० कित्ता संस्थापक सेयर लिलामीमा आएको हो ।

लघुवित्तको सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । यद्यपि, विद्यमान संस्थापक सेयरधनीले आवेदन नदिए दोस्रो चरणमा सर्वसाधरणले किन्न पाउने छन् ।

कम्पनीको लिलामी सेयरमा आजको ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

दोस्रो बजारमा आज लघुवित्तको साधरण सेयर प्रतिकित्ता ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।

रानी जमरा कुलरिया सिँचाइ : म्याद सकिनै लाग्दा आधा पनि काम सकिएन Read Previous

रानी जमरा कुलरिया सिँचाइ : म्याद सकिनै लाग्दा आधा पनि काम सकिएन

नेप्सेमा कालिञ्चोक दर्शनसहित दुई कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ? Read Next

नेप्सेमा कालिञ्चोक दर्शनसहित दुई कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?