काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर जारी गर्न अनुमति मागेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै फागुन २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।
हाल ४५ करोड २० लाख चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ६१ करोड रुपैयाँ पुग्नेछ । बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद प्रक्रिया अघि बढ्ने छ ।