नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा यससाता थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

यससाता नेप्सेमा चिलिमे जलविद्युत्, प्राइम कमर्शियल बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । तीनै कम्पनीको गत गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण भएको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा चिलिमेको ७.५ प्रतिशत अर्थात् ५० लाख ६३ लाख ८४६.०१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, प्राइमले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस बापतको ७४ लाख ६२ हजार ५२९।१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यसैगरी, गुराँस लघुवित्तले गत आवको नाफाबाट वितरण गरेको ४ प्रतिशत अर्थात् ३९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

सम्झौताको ४५ महिनामा पनि सुरू भएन पुल निर्माण Read Previous

सम्झौताको ४५ महिनामा पनि सुरू भएन पुल निर्माण

सुरक्षाको प्रत्याभूति नभए बैंकिङ सेवा नै रोक्ने चेतावनी Read Next

सुरक्षाको प्रत्याभूति नभए बैंकिङ सेवा नै रोक्ने चेतावनी