काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री मेगा क्यापिटल मार्केट्सले आज आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने १४ लाख ५० हजार १८३ जनाकाे हात रित्तो भएको छ ।
लघुवित्तले सर्वसाधरणका लागि फागुन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र बीपीडब्ल्यू लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।