काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ । स्वाभिमान लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
तीनै कम्पनीले साधरणसभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत ३ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
स्वाभिमान लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको नाफाबाट २.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१४ प्रतिशत नगद गरी कुल २.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१७५ प्रतिशत गरी कुल ३.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।